कञ्चनपुरमा बाटो सम्बन्धि विवादमा दोहोरो झडप: श्रीमान श्रीमती घाइते, ३ जना पक्राउ
2020/11/06, 8:34

कञ्चनपुरमा बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा श्रीमान श्रीमती घाइते भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा परी ४५ वर्षीय कासीराम सार्की र उनकी श्रीमती राधादेवी सार्की घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइते सार्की दम्पत्तीको महाकाली अस्पतालमा उपचार भइरहेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाले झडपका क्रममा उनीहरु दुवै जनालाई कुटपिट गर्ने सोही ठाउँका ५५ वर्षीय देवी सार्की, ४६ वर्षीय राजु सार्की र ५१ वर्षीय मदनराज सार्कीलाई पक्राउ गरिएको बताए ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 1:21
2023/12/17, 3:44
2021/06/15, 6:52
2022/02/10, 11:56
2020/08/25, 2:58