
भालुको आक्रमणबाट डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलका ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

पाखुराको दुवै तर्फ शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताए । घाइते बालकका बुवा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो ।
पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलहरुले बर्सेनी यहाँका स्थानीयबासीलाई आक्रमण गर्ने तथा ज्यान नै लिने गरेका छन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 1:21
2023/12/17, 3:44
2021/06/15, 6:52
2022/02/10, 11:56
2020/08/25, 2:58