नेपाली बजारमा भारतीय नक्कली नोटको बिगबिगी, सचेत रहन प्रहरीको आग्रह
2020/11/08, 9:43
 
money

कंचनपुरको पुनर्वासमा केहि दिन यता भारतीय नक्कली नोटहरुको बिगबिगी देखिएको छ । भारतीय सिमा संग जोडिएको यस क्षेत्रमा अवैध मालसामान ,लागुऔषध र मानव तस्करी मात्र नभई भारतीय नक्कली नोटको पनि केहि दिन यता बिगबिगी देखिएको हो ।नर्वासको आई.बी.आर.डी.का केहि पसलहरुमा भारतीय पाँच सयका नक्कली नोट दिदै सामान खरिद गरि फरार हुने गरेको केहि व्यवसायीहरुले बताएका छन् ।

एक दिन एक जना अपरिचित व्यक्ति मास्क लगाएर कार्तिक २० गते राती साढे ९ बजे ओम बुद्ध ट्रेडर्समा मदिरा किन्न आए ।उनले भारतीय पाँच हजार पाँच सयको मदिरा खरिद गरेर साउजीलाई भारतीय पाँच सयका नक्कली एघार नोट दिदै पाँच बोत्तल मदिरा लगे । दोस्रो दिन पसले भारतीय नोट एक हार्डवेयर पसलमा सटही गर्न गए तर तिनी नोटहरू नक्कली भएको अर्का साउजीले मदिरा पसलेलाई बताए । नक्कली भन्ने थाहा पाएपछि ओम बुद्ध ट्रेडर्सका सञ्चालक सुरज लामा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.उजुरी गर्न नोट सहित निवेदन लगेर पुगे ।

 त्यहि व्यक्तिले केहि दिन अघि पौडेल किराना पसलबाट एक हजार भारतीय रुपैयाँ दिएर १६ ओटा रिचार्जकार्ड लिएको पसल सञ्चालक सुजित पौडेलले बताए । उनले पनि नक्कली नोट सहित ईलाका प्रहरी कार्यालयमा उक्त व्यक्तिको खोजीका लागि निवेदन दिएका छन । र एउटा फेन्सी पसलमा पनि पच्चीस सय भारतीय रकमको कपडा खरिद गरि ठगि गरिएको खुल्न आएको छ । यस्ता नक्कली नोटहरुको उजुरी पर्न थालेपछि अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले उद्योग वाणिज्य संघ र बजार समितिहरुलाई पत्र जारी गर्दै सबै व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेका छन ।

प्रहरीले अहिले नक्कली नोटको कारोबार गर्ने व्यक्तिहरुको खोजी गरिरहेको जानकारी दिए । प्रहरी निरीक्षक बिष्टले भारतीय नोट ल्याएर आएको व्यक्ति माथी संका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्दै सबै व्यक्तिहरुलाई सचेत रहन आग्रह पनि गरेका छन् ।