स्वास्थ्यकर्मीमा कोरना देखिएपछि टाँटे स्वाथ्यचौकी सिल
2020/11/08, 5:55
 
corona

बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरना देखिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

शुक्रबार गरिएको १२ जनाको स्वाव संकलनमा एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार स्वाब संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षण गरिएको १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको बताए । 

कोरना पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको स्वाब लिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताएका छन् ।
उनीहरुको स्वाब संकलन गरी पिसिआर रिपोर्ट आएपछि मात्र स्वास्थ्य चौकीमा सेवा दिने बताइएकाे छ । जिल्ला अस्पताल बाजुराका उपचार गराउन आएका नेपाली काँग्रेस पुर्व पाटी सभापति मनबहादुर रावललाई कोरना देखिएपछि उहाको परिवारको स्वाव लिदा संक्रमित स्वास्थ्यकर्मीको समेत स्वाब संकलन गरिएको हो ।

जिल्ला अस्पताल बाजुराका २२ जनाको पिसिआर परिक्षणका लागि शनिबार डोटीमा पठाइएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाई रहेको छ । जिल्लामा हाल कोरना संक्रमित हुनेको संख्या पाँच सय ८२ पुगेको छ ।