
डोटीमा सोमबार राति मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु भएपछि यातायात बन्द गरिएको छ । ठक्कर दिने व्यक्ति से ५ ख ९४६९ नम्बरको मोटरसाइल छोडेर फरार भएपछि दिपायलमा यातायात बन्द गरिएको हो ।

मोटरसाइकल चाललाई नियन्त्रण लिएर आवश्यक कारवाही गर्नुपर्ने माग सहित दिपायलमा यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सोमबार राति सायल गाउँपालिकाकी ७० वर्षीया टिकेश्वरी बिकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । अहिले मृतकको शव अस्पतालमै रहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43