
कञ्चनपुरका उखु किसानले अनुदानको रकम पाएका छन् । जिल्लाका २ चिनी मिलमा उखु विक्री गरेका ५ हजार ७ सय १४ जना किसानले अनुदानको रकम पाएका हुन् । उनीहरुले २४ करोड ५० लाख ९१ हजार अनुदानको रकम पाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय कञ्चनपुरले जनाएको छ ।

महाकाली चिनी मिलमा उखु विक्री गरेका ३ हजार ३ सय ९३ किसानले १३ करोड २५ लाख ६५ हजार ४ सय ८४ र भागेश्वर चिनी मिलमा उखु विक्री गरेका २ हजार ३ सय २१ किसानले ११ करोड ३२ लाख २५ हजार ५ सय १५ रुपैया अनुदानको पाएको कोष नियन्त्रक षडानन्द अधिकारीले जानकारी दिए ।
उनीहहरुलाई २०७६÷०७७ को अनुदानको रकम वितरण गरिएको हो । सरकारले किसानलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदान दिदै आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09