उच्च रक्तश्रावका कारण डोटीकी सुत्केरीको मृत्यु
2020/11/11, 6:51
 
death

डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको गएराति मृत्यु भएको हो । 

४ दिनअघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकीएपछि अस्पतालले रेफर गरेको थियो ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको गएराति मृत्यु भएको जनाइएको छ