चार करोड कृषिमा लगानी गर्दै बेदकोट नगरपालिका
2020/11/18, 9:18
 
krishi

कञ्चनपुरको बेदकोट नगरपालिकाले कृषि क्षेत्रमा चार करोड लगानी गर्ने भएको छ ।  गत आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य लगानी गर्न लागेको हो । वर्तमान अवस्थामा कोविडको प्रभावबाट नराम्ररी प्रभावित परेका नगरबासीलाई कृषिमा आत्मनिर्भर तथा व्यवसायिकरण गराउनका लागि नगरपालिकाले ठूलो लगानीमा कृषि क्षेत्रमा लगानी गर्ने भएको हो ।

नगरपालिकाले कृषिक्षेत्रमा उद्यमशिलताको विकासको लागि यूएनडिपि संस्था सँगको साझेदारीमा झण्डै २ करोड र नगरपालिका क्षेत्रबाट गरेर झण्डै चार करोडको बराबरको कृषि लक्षित कार्यक्रम ल्याएको छ ।  यस अघि ने जिल्लाको हकमै दुधमा आत्मनिर्भर बनेको नगरपालिकाले अवको योजना तरकारीमा आत्मनिर्भर हुने योजना बनाएको छ ।  बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दका अनुसार नगरपालिकाले नगरका विभिन्न वडालाई विभिन्न पकेट क्षेत्रमा विभाजन गरेर कृषि क्षेत्रमा लगानी गर्न लागिएको छ ।

“नगरपालिकाको वडा नम्वर १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्वर ९ र १० मा प्याज खेती सञ्चालन गर्ने गरेर नगरपालिकाले कार्ययोजना सहित कार्यक्रमको लागि बजेट समेत व्यवस्थापन गरेको छ ।” बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भने, “ यस्तै तरकारी खेतीका कार्यक्रम सँग अन्य थुप्रै कृषि केन्द्रित कार्यक्रम नगरपालिकाले ल्याएको छ, ति मध्ये सबै जसो युवा लक्षित एव्म बेरोजगार लक्षित रहेका छन् ।”

नगरपालिकाले यस वर्ष मात्रै कोविडबाट प्रभावित भएका युवा तथा विभिन्न नागरिक लगाएर ४ सय ५ जनालाई कृषि क्षेत्र बाटै रोजगार बनाउने योजना बनाएको प्रमुख चन्दले बताए । यस्तै नगरपालिकाले १ वडा १ नर्सरी बनाउने योजना पनि बनाएको छ । नगर क्षेत्रको कृषि क्षेत्रमा प्रयाप्त सम्भावना बोकेको क्षेत्रलाई नगरपालिकाले उजागर गर्ने प्रयास गरेको छ । कुखुरा पालन, भेसी पालन, बाख्रा पालन, केरा खेती, बेसार खेती लगायतका विभिन्न कार्यक्रम नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायिकरण गर्न ल्याएको छ ।

“सामान्यतया एक दुई कट्ठा क्षेत्रफलमा अनुदानको लागि तरकारी खेती गर्ने नागरिकका लागि नभउर व्यवसायिक बन्ने चाहना भएको नागरिकका लागि नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सँगै विभिन्न अनुदान पनि दिएको छ ।” प्रमुख चन्दले भने, “ गहुँको बिउ वितरणमा पनि नगरपालिका ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ, यस वर्षका धेरै जसो कार्यक्रम लागु हुने चरणमा छन् भने केही लागु भैसकेको पनि अवस्था छ ।” यस वर्षको नगरपालिकाको लगानी पछि कृषि क्षेत्रमा सोचेअनुरुप व्यवसायिक करण भयो भनेपछि आउँदो वर्षमा कृषि क्षेत्रमा लगानी अझै बढाउँदै जाने उनले बताए ।

नगरपवालिकाको योजना भनेको प्रत्येक बेरोजगार नागरिकलाई नगर भित्रैमै रोजगार दिनु भएकोले पनि कृषि क्षेत्र रोजगारको पहिलो क्षेत्र भएका कारणले पनि नगरापालिकाले कृषिमा लगानी गरेको समेत उनले बताए । नगरपालिका यस वर्ष सिचाई नभएका स्थानहरुमा सिचाईका कार्यक्रमहरु पनि ल्याएको छ । सिचाई नभएको ठाउँहरुमा सिचाई पुगाउने उदेश्य स्परुव नगरपालिकाले सिचाईका कार्यक्रमका योजना बनाएको छ ।

यस्तै नगरपासिलकाले १ वडाको दुई ठाउँमा पोलिहाउसनिमार्ण गर्ने कार्यक्रलाई पनि अघि सारेको छ । नगरपालिकाले ५ ओटा ठाउँमा ६ सय लिटरको फ्रिज पनि वितरण गर्ने योजना बनाएको छ । यो सँगै स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । “स्थानिय स्थर लगायत अहिलेको बजार क्षेत्रमा अरु उत्पादन भन्दा स्थानिय उत्पादनको धेरै ठूलो माग हुँदै आएको छ ।, बजारको माग धान्न स्थानिय उत्पादनको पनि राम्रो बजार देखिएको छ, बजार पर्वध्रन तथा बेरोजगार रहेका नागरिकहरुलाई स्वरोजगार बनाउने उदेश्य स्वरुव नगरपालिका कृषि क्षेत्रबाट अघि बढेको छ ।” प्रमुख च्नले भने, ।