
सुदूरपश्चिम प्रदेशका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३ जना डोटी अस्पतालको प्रयोगशालामा ११ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा ३ सय ५१ जनाको परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ३, ५, ८ र १९ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै लम्कीचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १÷१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । ७१ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेसु विरेन्द्र राउतले डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ जना, केआई सिह गाउँपालिकाका ४ जना र दार्चुलाको लेकम गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको बताए । यस्तै बझाङमा गरिएको परिक्षणमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको परिक्षण गरिएकोमा थप ९ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा बझाङको बुंगल नगरपालिकाका २ जना, तल्कोट गाउँपालिकाका एक जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना र जिल्ला अस्पताल बझाङमा कार्यरत एक जनामा संक्रमण पुष्टी भएको हो । यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाहरुले जनाएका छन् । तर सामाजिक बिकास मन्त्रालयले दैनिक रुपमा दिदैं आएको कोरोनाको तथ्यांकमा सुदुुरपश्चिममा ३७ जनामा मात्रै कोरोना पुष्टि भएको उल्लेख गरेको छ । त्यसमा डोटीमा पुष्टि भएका ११ जनालाई समावेश गरिएको छैन् ।