

क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् ।
उनले ड्राफ्टमा ९० हजार डलर मूल्य तोकेका थिए । सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो अनुबन्ध पनि हो । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02