सामुहिक कुट्पिटमा परेका अछामका युवकको मृत्यु
2020/11/21, 6:21
 
death

सामुहिक कुट्पिटमा परेका अछामका युवकको कोहलपुरमा मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका दिपक भमट्टाको उपचारका क्रममा मृत्यु भएको हो । गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउँद लगाएतका युवाहरुले उनलाई कुट्पिट गरेका प्रहरीले जनाएको छ ।

अछाम प्रहरीका अनुसार उनको मंसिर २ गते मृत्यु भएको हो । तर आफ्न्तहरुले ढिलोगरी प्रहरीमा जाहेरी दिएका हुन् । उनीहरुले विहीबार दलबहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी दिएका अछामका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । टमट्टालाई कुट्पिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।