पाटन–पञ्चेश्वर सडकले नहर भत्काएपछि दुई गाँउ सिंचाइबाट बञ्चित
2020/11/28, 6:53
 
sadak

बैतडीको पाटन पञ्चेश्वर सिंचाइले सिचाई नहर भत्काएपछि एक सय ५० घरधुरीको सिचाई कुलो बन्द भएको छ । स्थानियले श्रमदान गरी २०३४ साल देखी भोगचलन गरी १२ किलोमिटर पाटन पञ्चेश्वर सडक आयोजनाले सडक निर्माणका क्रममा भत्काएपछि खेतबारीमा सिंचाइ बन्द भएको छ ।

स्थानायिले आफै श्रमदान गरेर पाटन नगरपालिका ५ स्याडी खोलाबाट अडतोला र कत्वार गाँउका लागि सिचाई नहर निर्माण गरेका थिए । सो नहर सडक आयोजनाले बन्द गरिदिएपछि दुई गाँउका स्थानीयहरु सिचाई सुविधाबाट बञ्चित भएका हुन् । पटक–पटक सडक निर्माण कम्पनीलाई जानकारी गराएपनि वेबास्ता गरेको पाटन नगरपालिका ५ अडतोलाका खेमराज पाण्डेयले जानकारी दिए । ‘स्थानीय तह र सडक डिभिजन कार्यालयमा नहर मर्मत गर्नका लागि धेरै पटक निवेदन दिएका छौ’– पण्डेयले भने–‘कतैबाट सम्बोधन भएको छैन ।’

सिचाई सुबिधा बञ्चित भएपछि अडतोला र कत्वारबासीको तरकारी खेती उत्पानमा प्रभावित भएको उनीहरुको गुनासो छ । उक्त नहर मर्मतमा कतैबाट पहल नभएपछि सर्घषमा उत्रने समेत अडतोला र कत्वारबासीले चेतावनी दिएका छन् ।सो क्षेत्र स्थानीय तहले पकेट क्षेत्रका रुपमा पनि चिनिन्छ । स्थानीय तहले पनि सम्बन्धीत निकायमा नहर मर्मतका लागि ताकेता गरेपछि कुनै चासो नदिएको पटन नगरपालिकाका मेयर केशब चन्दले बताए ।

सडक नहले भत्काएपछि अडतोला र कत्वार क्षेत्रका किसानहरुलाइ तरकारी खेती प्रभावित भएको मेयर चन्दले बताए । उनका अनुसार निर्माण कम्पनी र सडक पुर्वाधार कार्यालयले यस नहर मर्मतको जिम्मेबारी लिई बनाउनुपर्ने बताए ।