कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान
2020/11/28, 1:57
 
rape

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन। गत कार्तिक ८ गते जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ६ जना जिल्ला अदालतको आदेशपछि कारागार चलान भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको   जानकारी दिए।  उनका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ। 

६ जना पुर्पक्षका लागि कारागार र २ जना बाल सुधार गृह पठाइएको भएपनि एकजना भने अझै फरार छन। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी राखिएको बताए।