
लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् । भिमदत्त नगरपालिका –१८ सालघारी बस्ने १९ वर्षीय शिखर जोशी लाई ६/७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको नं. ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट झिलमिलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक उत्तर सिंह बिस्टको कमान्डमा खटिएको टोलीले बेलडाडी गाउँपालिका–३ कालो पुल इलाकाबाट उनलाई पक्राउ गरेको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31