उद्योग मन्त्री भट्ट र भौतिक मन्त्री नेमाङद्धारा धनगढीका दुई सडकको अनुगमन
2020/11/29, 1:46
 
death

मङ्सिर-सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक योजना मन्त्री वसन्त नेमाङको टोलीले धनगढीका सडकहरूको अनुगमन गरेको छ । 

1

मन्त्रीद्धय सहितको टोलीले धनगढी खुटिया सडक र धनगढीको जिरो पोइन्ट क्याम्पस रोडबाट हुलाकी राजमार्ग अन्तरगत ४ लेन बनिरहेको सडकको अनुगमन गरेको प्रतिनिधि सभा सांसद नारदमुनि रानाका स्वकीय सचिव कमल रानाले बताए। अनुगमन पछि मन्त्रीद्धयले धनगढी खुटिया सडकको तत्काल टेन्डर प्रक्रिया अगाडि बढाइने आश्वासन दिएको रानाले बताए ।

2

अनुगमनमा प्रतिनिधि सभा सांसद नारदमुनि राना,प्रदेशको भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा,प्रदेश सभा सदस्य नेपाली चौधरीको पनि सहभागिता रहेको थियो । मन्त्रीद्धय भट्ट र नेमाङ लम्की टिकापुर खक्रौला सडकको शिलान्यास गर्न शनिवार कैलाली आएका थिए । धनगढीका सडकको अनुगमन गरी मन्त्रीद्धयको टोली काठमाडौँ फर्किएको छ ।