
सुदूरपश्चिमका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १६७ जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाका ७ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठलेजानकारी दिए ।कैलालीकै मोहन्याल गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, टीकापुर नगरपालिका र कैलालीकै ठेगाना नखुलेका १/१ जनामा कोराना पुष्टि भएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका ४/४ जना, बेलौरी नगरपालिकाका ३ जना, पुनर्वास नगरपालिकाका १ जना, बझाङका २ जना, त्यस्तै दार्चुला र अछामका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31