कञ्चनपुरमा अलपत्र अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा रहेको प्रतिक्षालयमा बिरामी अवस्थामा फेला परेका उनको उपचारका क्रममा आइतबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्दाजी ३०/३५ वर्षका पुरुषको शव पहिचान गरिदिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। प्रहरीका अनुसार ती पुरुषको वर्ण गहुँगोरो, पातलो शरिर, उचाई ५.४ ईन्च र कपाल कालो रहेको छ। साथै उनले निलो कालो रंगको ज्याकेट, कालो हरियो बुट्टेदार सर्ट र खैरो हाप पाईन्ट लगाएको बताइएको छ।
शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2024/11/26, 1:06
2024/11/26, 12:51
2024/11/26, 12:37
2024/11/26, 12:26
2024/11/26, 12:22
2024/11/26, 1:06
2024/11/26, 12:51
2024/11/26, 12:37
2024/11/26, 12:26
2024/11/26, 12:22
2021/07/09, 10:04
2022/03/15, 1:19
2020/08/09, 4:13
2021/01/10, 6:40
2023/01/02, 12:36