
महाकाली नदीमा बालुवा निकाल्न गएका कञ्चनपुरका एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको भिमदत्त नगपालिका वडा नम्बर १२ पर्ने ऐरिघाटस्थित महाकाली नदीमा आइतबार दिउँसो बालुवा निकाल्न गएका बागफाँटाका ४५ वर्षीय अर्जुन सूनार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सूनार नदीमा डुबेर बेपत्ता भएको बताउँदै खोजी कार्य जारी राखिएको बताए । तर सूनारको अवस्था अझै अज्ञात रहेको छ। उनले मापसे गरिएको समेत बुझिएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31