लैङ्गकि हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत गौरीगंगा नगरपालिकाका विद्यालयका छात्राहरुलाई महिला आत्मरक्षा तालिम दिईएको छ । नगरपालिकाको आयोजनामा वडा नं ४ को कालिका माध्यमिक विद्यालय राजिपुर र वडा नं ८ को जनप्रिय माध्यमिक विद्यालय लिक्मामा छात्राहरुलाई तालिम दिईएको हो ।
७ कक्षा देखि १२ सम्म अध्ययनरत छात्राहरुको सहभागिता रहेको तालिममा प्राविधिक सहयोग गुरुकुल सेक्युरिटी सर्भिस प्रा।लि। धनगढीको रहेको थियो ।
महिला हिसां विरुद्धको अभियान (प्रहार) का अभियान्ता तथा तेक्वान्दो खेलाडी प्रकाश चन्द र गौरीगंगा नगरपालिकाका (प्रहार) प्रशिक्षक यसोदा बरालले तालिममा सहजिकरण गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष तुलाराम सापकोटाको सभापतित्वमा भएको आत्मरक्षा तालिममा नगर उप प्रमुख अंचला चौधरी प्रमुख अतिथि रहेकि थिईन ।
आत्म रक्षा तालिमले छात्राहरुलाई सार्वजनिक स्थल, एकान्त वन क्षेत्र, विद्यालय र बसमा यात्रा गर्दा हुने महिला हिसांका घटना न्युनिकरणमा सहयोग पुग्ने जनप्रिय माविका शिक्षक छत्र बोहराले बताउनुभयो । गौरीगंगा नगरपालिकाको आयोजनामा भएको तालिममा बाल कल्याण संघ , वल्र्ड भिजन ईन्टरनेशनल र प्रहारको सहयोग रहेको थियो