सेतीमा गरीएको परीक्षणमा थप २४ जनामा कोराना संक्रमण पुष्टि
2020/11/30, 2:33
 
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २ सय ९८ जनाको परीक्षण गर्दा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  संक्रमण पुष्टी हुनेमा ११ महिला १३ पुरुष रहेका छन । 

अस्पतालका सूचना  श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार धनगढी वडा नम्बर १, ४, ५ र ७ का १/१ जना र वडा नम्बर २ का २ जना रहेका छन । त्यस्तै कैलाली कै स्थानिय तह नखुलेका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।  

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिका १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बझाङको मष्टा गाउपालिकाका, जयपृथ्वि नगरपालिका र दार्चुलाको महाकाली नगरपालिका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

1