परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न 
2020/11/30, 7:22
 
project

गौरीगंगा नगरपालिका स्तरिय परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बाल कल्याण संघ र दिगो विकास समाज भजनीले गौरीगंगा नगरपालिकामा सन् २०२१ मा संचालन गरिने कार्यक्रमको जानकारी गरिएको हो ।  बाल कल्याण संघका अनुगमन अधिकृत मिठु बहादुर हुड्केको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख भिम बहादुर देउवाले साना र छोटा योजना भन्दा दिगो योजना सहितको ठोस कार्यक्रम गर्दा बालबालिकालाई केन्दमा राखेर काम गर्दा समुदाय स्तरमा विकास र गरिबी निवारणका क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको भन्दै संघ संस्थाले कागजमा काम गरेर फिल्ड स्तरमा नतिजा देखिनु पर्नेमा जोड दिए । 

वडा नं ११ का अध्यक्ष विनोद चौधरीले वडा तहमा कार्यक्रम उपलब्धि मुलक भएको तर समग्रमा सानो भएकोले थप कार्यक्रम ल्याउन आग्रह गरे । बाल कल्याण संघले समुदाय र वडा स्तरमा बालबालिकाको संरक्षणका सवालमा सरोकारवालाहरुलाई जवाफदेही बनाउन बाल संरक्षण तथा पैरवी परियोजना र बाल स्पोन्सरसीप परियोजनाका बारेमा जानकारी दिईएको थियो । 

बालबालिकाहरुको हित तथा संवेदनशील सवालमा सम्बन्धि निकाय, समुदायमा आधारित संस्था र समुदायमा बाल सहभागीताका सवाल गौरीगंगा नगरपालिकामा बाल कल्याण संघ टिकापुरले संचालन गर्ने कार्यक्रमका बारेमा संघका फिल्ड अधिकृत तपेन्द्र ठकुल्लाले प्रस्तुति गरेका थिए ।  दिगो विकास समाजले स्थानीय समुदायलाई स्वरोजगारी सृजना गर्न पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना सम्बन्धि जानकारी दिईएको छ ।  

दिगो जीविकोपार्जन र महिलाहरुलाई बालबालिकाहरुको स्तनपान, सन्तुलित आहारका साथै तिनीहरूलाई विपद जोखिम व्यवस्थापनमा सहयोग गर्ने तथा अपांगता भएका व्यक्ति र परिवारलाई जीविकोपार्जनकामा सहयोग, जलवायु अनुकुलन कृषि तालिम र समाग्री सहयोगका बिषयमा संस्थाका परियोजना अधिकृत प्रभुनाथ ढकालले प्रस्तुत गरेका थिए । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनीले सन् २०२१ मा नगरपालिकाको वडा नं. १० र ११ मा  संचालन गरिने परियोजनाका बारेमा छलफल गरिएको थियो ।