मिडियामा पत्रकार महिलाका अवसर र चुनौती बिषयमा छलफल 
2020/11/30, 7:26
 
hinsa

मिडियामा पत्रकार महिलाका अवसर र चुनौती बिषयमा सोमबार धनगढीमा छलफल भएको छ । धनगढी उप–महानगरपालिका न्यायीक समितिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धनगढीमा क्रियाशिल पत्रकारहरुसंग छलफल गरेको हो । 

कार्यक्रममा सहभागि पत्रकार महिलाहरुले कार्यस्थलमा बिभेद, ज्यालामा बिभेद, सूचनादाताबाट दुब्र्यवहार खेप्नु परेको गुनासो गरे । अवसर र चुनौतीका बारेमा पत्रकार महिलाले खुलेर छलफल गरेको धनगढी उप–महा नगरपालिकाका उप–प्रमुख सुशीला मिश्रले बताईन । आम रुपमा बाहिरबाट देखिने भन्दा पत्रकार महिलाका चुनौती धेरै रहेछन् उप–प्रमुख भट्टले भनिन्, ‘चुनौती न्यूनिकरणका लागि मिडिया हाउसको अनुगमन, मिडिया मालिक र श्रमजिवी पत्रकारहरु बिचको अन्तरक्रिया आवश्यक रहेको   छ ।’

पत्रकारीता पेशा चुनौतीपूर्ण पेशा भएपनि सामाजिक मान्यता, परंपरार र विश्वासका कारण पत्रकार महिलाहरु बढी चुनौती खेपीरहेको पाईयो, उप–प्रमुख भट्टले भनिन्, ‘जसका कारण पत्रकार महिलाहरु पेशामा टिक्न सकिरहेका छैनन् ।’ लिङ्गकै आधारमा कसैमाथी पनि हिंसा हुनुहुदैन भन्ने सन्देश अभियानले दिन खोजेको उप–प्रमुख भट्टले बताईन ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले धनगढीमा महिला पत्रकारहरुसंग छलफल गर्दा पुरुष र महिला पत्रकारहरुले पाउने पारिश्रमिकमा समेत बिभेद भैरहेको गुनासो आएको बताए ।  उनले भने, यो बिषयमा मिडिया हाउस संग छलफल गर्नुपर्छ । केन्द्रयि सदस्य बमले नेपाल पत्रकार महासंघ मात्रै पत्रकार महिलाको सहभागिता सुनीश्चीत गर्ने महिलो संस्था भएको बताए । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले चुनौतीसंगै पत्रकार महिलाका लागि धेरै अवसरहरु भएको बताए । थुप्रै फिलोसिपहरुको अवसर हुदा पनि लेख्ने पत्रकार महिलाहरु पाउन मुस्कील हुने गरेको छ स्वाँरले भने, ‘क्षमता भएपछि महिला पुरुष सबै पत्रकारहरुका लागि अवरसर नै अवसर छन् ।’ 

नेपाल पत्रकार महासंघका पूर्व दिलबहादुर छत्यालले जुनसुकै ब्यक्ति पनि पत्रकारीतामा आउनुभन्दा पहिले त्यो पेशा प्रति आफ्नो रुची होकि होईन भनेर स्पष्ट हुनुपर्ने बताए ।  पत्रकारीता पेशालाई बुझेर आएको ब्यक्ति पलायन हुदैन केन्द्रीय केन्द्रिय सदस्य छत्यालले भने, लैङ्गिक कुराहरु उठाएर मात्रै हुदैन त्यसका लागि पत्रकार महिलालाई क्षमता अभिबृद्धी हुने किसिमको अवसर दिनुपर्छ । प्रेस यूनियक कैलालीका अध्यक्ष श्रवण देउवाले समाजिक,  आर्थिक र मनोबैज्ञानिक प्रभावका कारण पत्रकार महिलाहरु पेशामा टिक्न नसकेको बताए ।

क्रियाशिल पत्रकार समाजका सुदूरपश्चिम संयोजक उन्नती चौधरीले पत्रकार महिलाहरुलाई सबैभन्दा बढी चुनौती कार्यस्थलमा भएको बताईन ।  भूमिका दिने देखि पाउने अवसरमा पनि बिभेद हुने गरेको छ चौधरीले भनिन्, पत्रकार महिलालाई समाजले हेर्ने नजरीया झनै खराव छ । मोर्निङबेल दैनिकका सम्पादक रमा भट्टराईले पत्रकार महिलाले चलाएका पत्रीकाहरु समेत टिक्न गाहे भएको बताईन ।