कैलाली जिल्लामा एचआइभी एड्स सक्रमितको सङ्ख्या वर्षे नि बढ्दै जान थालेको छ ।२०७३÷०७४मा १२५ जना सङ्क्रमित रहेकोमा २०७४÷०७५मा घटेर ११५ जना थिए । त्यसपछि अझै घटेर २०७५÷०७६ मा १०७ पुगेको थियो । गत वर्ष बाट फेरी सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ ।
गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । पुष्टि भएका नयाँ सङ्क्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन् । सङ्क्रमण पुष्टि भएका उनीहरू विभिन्न जिल्लाका रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सो कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेलधुराका दुई÷दुई, दार्चुला र भारतका एक÷एक जना रहेका छन् ।
चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको ज्यान गएको छ । कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन । जसमध्ये छ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ सङ्क्रमित थिए ।
भारतमा रहेका एचआइभी एड्स सङ्क्रमित नेपाली नागरिकहरू पनि स्वदेश फर्किए सँगै सक्रमितको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पताल एचआइ भी एड्स विभाग प्रमुख लोकराज पनेरुले बताए । जनचेतना फैलाउन सकियो भन्ने सक्रमितको सङ्ख्यामा कमी आउने उनले बताए ।
एचआइभी एड्स सरुवा रोग भएको हुँदा यसको सङ्क्रमण दर फैलिरहेको चिकित्सकहरूको भनाइ छ । एचआइभी एड्सका कारण शरिकका विभिन्न अङ्गहरूमा समस्या देखिन थाल्ने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए । उनले भने,‘यो रोग भाइरस हो अझै सम्म पनि यो रोग लाई निर मूल पानको लाई अहिले सम्म औषधी पता लाग्न सकेको छन् ।
मुलुक भित्रै रोजगारीको सिर्जना हुन सक्दै तब सम्म यो रोगको सङ्ख्यामा कमी आउँदैन ।’ कामको चाप सँगै जनशक्तिको कमीले गर्दा पनि सेवा ग्राहीलाई सेवा दिन नसकिरहेको उनले बताए । उपकरणहरू मर्मत नहुँदा पनि सेवा दिन समस्या भइरहेको उनले बताए । विगतमा सेती प्रादेशिक अस्पतालमा मात्रै एचआइभी परीक्षण हुने गरेको थियो ।
तर, अहिले जिल्लाको माला खेती, टिकापुर र सेती प्रादेशिक अस्पतालमा चेक जाँच हुँदै आएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । परीक्षणको दायरा बढेकाले एचआइभी सङ्क्रमितको सङ्ख्या पनि बढेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । प्रदेशका बासिन्दाहरू आर्थिकरुपमा अगाडी नबढ्दा सम्म एचआइभी एड्स सक्रमीतको सङ्ख्यामा कमी नआउने उनले बताए ।अहिले समुदाय स्तरमै गएर एचआइभी एड्सको परीक्षण हुँदा सङ्ख्या बढेको उनको भनाइ छ ।