सुदूरपश्चिममा सक्रिय संक्रमित १७११, कुन जिल्लामा कति ? 
2020/12/01, 7:00
 
death

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार ७ सय भन्द बढी रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभरी एक हजार सात सय ११ जना सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमितको संख्या कैलालीमा सबैभन्दा वढी रहेको छ । कैलालीमा सक्रिय संक्रमितको संख्या ५ सय ६३ रहेको छ ।  अछामा ८४ जना, वैतडीमा ७८ जना, बझाङमा २५७ जना, बाजुरामा  २३ जना सक्रिय संक्रमित रहेका छन् । 

 डडेल्धुरामा १६१ जना, दार्चुलामा २४६ जना, डोटीमा १५३  कञ्चनपुरमा  ११८ जना र अन्य जिल्लाका २६ जना सक्रिय संक्रमित रहेका छन् ।