तिहारको टीका थापेपछि वेपत्ता युवक जंगलमा मृत भेटिए
2020/12/01, 1:17
 
death

कञ्चनपुरमा बहिनीको हातबाट तिहारको टीका थापेपछि घरबाट हिडेका पुरुष मृत अवस्थामा फेला परेका छन्। मंसिर १ गते भाइटीकामा बहिनीको हातबाट टीका थापेर साइकल चढेर घरबाट हिडेका वेदकोट नगरपालिका १० का ३० वर्षीय सुरेश चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको शव सोमबार वेदकोट–५ को चुरे वन क्षेत्रमा षडेको अवस्थामा फेला परेको जानकारी दिए। उनी तिहारको टीका थापेर साइकलबाट घरबाट हिडेको बुझिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

बाख्रा चराउने क्रममा स्थानीयले शव देखेपछी  प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणका लागि अहिले महाकाली अस्पतालमा राखिएको छ।