कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८१ जनामा कोरोना पुष्टि
2020/12/01, 6:34
 
corona

कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार ३ सय ७० जनाको परीक्षण गर्दा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, ९ १२ र १५ का १र१ जनामा संक्रमण देखिएको उनले बताए। 

कैलालीकै टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका १५र१५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्किचुहा नगरपालिकाका ६ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै जानकी गाउँपालिका र भजन नगरपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ। उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ जना र भीमदत्त नगरपालिकाका २ जनामा  पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

1