बर्थडे पार्टीमा आएर लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ
2020/12/01, 9:49
 
death

कञ्चनपुरमा बर्थडे पार्टीमा आएर लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीका पुष्कर सिंह बोहरा नातिको जन्मदिन मनाइरहेका थिए। गत कार्तिकमा भएको उक्त जन्मदिनको उत्सवमा हामी केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबिका प्रहरी हौँ भन्दै केदार विष्ट सहित ६, ७ जना आए। सादा पोशामा आएका उनीहरु त्यहाँ अनुसन्धान गर्न आएका भने थिएनन्। तर उनीहरु लुटपाट गर्ने उदेश्यले त्यहाँ आएका थिए। उक्त समूहले पुष्कर सिंह सहित अन्य व्यक्तिहरुबाट नगद तथा मोबाइलहरु लुटेर फरार भए।

उक्त घटनाबारे जानकारी आएपछि प्रहरीले त्यो समूहको खोजी थाल्यो। प्रहरीले ती मध्ये ३ जनालाई कार्तिक १९ गते पेस्तोलसहित पक्राउ गर्‍यो । तर एक जना भने अझै फरार अवस्थामा नै थिए। अन्ततः ती फरार रहेका शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २६ वर्षीय रबिन्द्र साँउदलाई पनि प्रहरी समात्न सफल भएको छ। 

उनलाई आइतबार ९ मंसिर १४ गते बेलौरी नगरपालिका–८ स्थित पचुईबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। उनका अनुसार अपराधमा संलग्न अन्यको पहिचान नभइसकेको र खोजी कार्य जारी छ। पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।