सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
2020/12/02, 1:27
 
corona

कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ११० जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।

1

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए।  उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ र ५ का ३/३ जना, यस्तै वडा नम्बर २ र १२ का २/२ जना, त्यस्तै वडा नम्बर ८, १५, १६ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको उनले बताए। 

कैलालीकै गोदावरी नगरपालिकाका ८ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा समेत कोराना पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका २/२ जना, बेलौरी नगरपालिकाका १ जना र बाजुराको बुढीगंगा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।