कैलालीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
2020/12/02, 5:35
 
corona

कोरोना सङ्क्रमणका कारण कैलालीको गोदावरी नगरपालिका-१ चेतना टोलकी एक महिलाको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत ७० बर्षिया महिलाको मंगलबार मृत्यु भएको हो ।  उनमा अन्य कुनै रोग नरहेको र एक्कासि ज्वरो आएपछि मंगलबार पिसिआर परीक्षणका लागी स्वाब दिइएको थियो ।

त्यसै दिन बिहान साढे ११ बजे उनको मृत्यु भए पनि त्यस दिन राती २ बजे मात्रै पिसिआर रिपोट पोजेटिभ आएको थियो ।  मृतक महिलाको आज अन्त्यष्टी गरिएको छ । तेघरी स्थित भवानी दल गणबाट सहसेनानी नबल सिंह रोकायाको कमान्डमा खटिइएको टोलीले गोदावरी आर्यघाटमा सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  हिन्दु संस्कार अनुसार जलाएर अन्त्यष्टी गरीएको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।  यो सँगै सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ५७  पुगेको छ ।