बैतडीको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर पक्राउ परेका ७ जनामाथि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोपमा मुद्धा दायर गरिएको छ भने फरार १ जनामाथि जबरजस्तीकरणीबिरुद्धको मुद्धा दर्ता भएको हो। किशोरी बलात्कारका मुख्य आरोपी सिगास–३ का दिपकसिंह धामी फरार रहेका छन्। उक्त घटनालाई मिलापत्र गराउने सिगास गाउँपालिका ३ का वडाअध्यक्ष शेरसिंह साउँद , स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी ,गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन्।