कैलालीको गोदावरीका  कोरोना संक्रमित पुरुषको  मृत्यु
2020/12/04, 11:01
 
corona

कैलालीको गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहान ७ :५० बजे उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जनाकारी दिए ।  

मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशीक अस्पतालको अस्थाई कोरोना अस्पतालमा भर्ना भएका उनको स्वासप्रस्वासमा समस्या आएपछी मृत्यु भएको हो ।  उनलाई  स्वासप्रस्वास र मधुमेह(डाइबिटीज)को समस्या रहेको अस्पतालले जनाएको छ ।