
बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा लकडाउनको घोषणा गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा संक्रमण फैलिन नदिन मंसिर २२ गतेसम्मका लागि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनको अवधिभर वडा कार्यालय र नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने जनाइएको छ ।
यस्तै छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै विद्यालय बन्द गर्नुका साथै भिडभाड हुने किसिमका सम्पूृर्ण क्रियाकलापमा रोक लगाइएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले पनि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गरिरहेका छन । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31