मजदुरी गरिरहेका दुर्गम वस्तीका वासिन्दाको एचआईभी र क्षयरोग परीक्षण 
2020/12/04, 7:01
 
check

कैलालीको गोदावरी नगरपालिकाको दुर्गम वस्तीमा मजदुरी गर्न भारत जान नपाएकाहरुको एचआईभी र क्षयरोग परीक्षण गरिएको छ । विश्व एड्स दिवसको सन्दर्भ पारेर विपन्न परिवारका सदस्यहरुको एचआईभी र क्षयरोग परीक्षण गरिएको हो ।

1

ग्लोबल फण्डको सहयोगमा सेभ द चिल्ड्रेनको साझेदार संस्था एमपिडीएस र न्याप प्लस एनको आयोजनामा गोदावरी नगरपालिकाको दुर्गम वस्ती वडा नम्बर १२ मा मजदुरी गरिरहेका एक सय १५ जनाको एचआईभी र क्षयरोग परीक्षण गरिएको एमपिडिएसका आईआरडब्लु भीम शर्माले जानकारी दिए । उनका अनुसार वडा नम्बर १२ को चापसल्लीमा नायल ताल निर्माण गरिरहेकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

उनीहरुमध्ये १२ जनाो एचआईभी र क्षयरोगको संकास्पद १२ वटा नमुना परीक्षणका लागि धनगढी ल्याईएको थियो । एमपीडिएसका आईरडब्लु भीम शर्मा, बसन्ती धामी, ल्याब ममत कुँवर त्यस्तै न्याप प्लस एनका ओआरडब्लु दिपक महता लगायतको टोलीले एचआईभी र क्षयरोग परीक्षण गरेका हुन् ।