सुदूरपश्चिम प्रदेशका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/04, 7:09
 
corona

सुदूरपश्चिम प्रदेशका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । अछामको कमल बजार प्रयोगशालामा भएको परीक्षणमा थप ४१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८३ नमुनामा ४१ जनामा संक्रमण पुष्टी भएको हो ।  प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जिल्लाका विभिन्न स्थानिय तहका ३४ पुरुष र ७ महिला गरी ४१ जनामा कोरोना देखिएको जानकारी दिए ।  उनले मंगलसेन नगरपालिकाका ३१ जना, पञ्चदेवल विनायक नगरपालिकाका ७ जना, बान्नीगढी जयगढ गाउँपालिकाका २ जना र साफेबगर नगरपालिकाका १ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको बताए ।

उता सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार धनगढी उप–महानगरपालिका ६ जना र स्थानीय तह नखुलेका कैलालीकै ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै बझाङमा गरिएको परिक्षणमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १०० जनाको परिक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला ईन्चार्ज नरेश खड्काले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा बझाङको बुङगलका ५ जना, तलकोट गाउँपालीका २ जना, बित्थड चिर गाउँपालीका १ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।  उता जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटीको सुल्लेखका ३ जना, दिपायल सिलगढी र सशस्त्र प्रहरी कार्यालयका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना सक्रमण भएको सामाजिक मन्त्रालयले जनाएको छ ।

यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ६३ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय २८ डिस्चार्ज भएका छन ।