
कञ्चनपुरमा आगलागिबाट २ लाख ६० हजारको क्षति भएको छ। जिल्लाको वेदकोट र कृष्णपुर नगरपालिकामा शुक्रबार भएको आगलागिबाट २ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

वेदकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय मोहनसिह बडुको कुखुरा फार्ममा आगलागी हुँदा जलेर नष्ट भइ २ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। यस्तै कृष्णपुर नगरपालिका ७ का जितराम जोशीको भान्छाकोठामा आगलागि हुँदा थप ६० हजार बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:55
2021/06/29, 3:30
2022/03/03, 7:02
2023/03/27, 12:05