झुक्याएर भारत लगिरहेको अवस्थामा चार युवतीको उद्धार
2020/12/05, 10:18
 
udhar

विभिन्न लोप देखाई झुक्याएर भारत तर्फ लग्दै गरेको अवस्थामा भारत संग सिमा जोडिएको कंचनपुरको  दोधारा–चाँदनीबाट ४ जना युवतीको उद्धार गरिएको छ ।  माइती नेपाल र नेपाल प्रहरीले संयुक्त टोलिले दोधारा–चाँदनीको हेल्थ पोष्ट नजिकै रहेको एक होटलबाट ४ जना युवतीको उद्धार गरेको हो ।

चारै जना युवतीहरु बिहिवार दोधारा–चाँदनी झेलुङ्गे पुल घुम्न भनी घरबाट निस्केपछि  बेखबर रहेका थिए । उनिहरु बेखबर भएपछी परिवार पक्षले प्रहरीलाई खबर गरेको थियो । चारैजना युवतीहरु बेदकोट नगरपालिका–९ का रहेको प्रहरीले जनाएको छ । किशोरीहरुको बयानबाट माहाकाली नगरपालिका –१ बस्ने रमेश गिरी नाम गरेका एक युवकले सामाजिक सञ्जाल फेसबुक मार्फत भारतमा गएर राम्रो आम्दानी गर्न सकिने र घर परिवारलाई खुसी राख्न सकिने भन्दै आफुहरुलाई बोलाएको  खुलेको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार युवक गिरीले शनिबार सीमा कटाउने योजना स्वरुप किशोरीहरुलाई बोलाएर दोधारा–चाँदनीको हेल्थ पोस्ट नजिकैको एक होटलमा बसाएको बताईन । उनले भनिनस ‘माइती नेपाल र नेपाल प्रहरीले उद्धार गरेर ती किशोरीहरुलाई सकुसल परिवारको जिम्मा लगाएका छौं ।’ 

युवतीहरु बेखबरको खबर प्रहरी संग पुगेपछि माइती नेपाल र नेपाल प्रहरीले तिब्र खोजीकार्य गरेको थियो । फलतः शुक्रवार उनीहरुलाई उद्धारपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । ती युवक गिरि अहिले सम्पर्कमा नरहेको र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।