
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ११ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिका, जोशिपुर गाउपालिका र भजनी नगरपालिकाका १ ÷ १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, भिमदत्त नगरपालिकाका २ ÷२ जना र कुष्णपुर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । उता डोटीको जोरायल गाउपालिका र बझाङको शुर्माका १ ÷१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17