सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ९ जना र कमलबजारको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना गरी थप ७३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण भएकाहरुमध्ये कैलालीका २१ जना कञ्चनपुरका ६ जना, अछामका ३१ जना, बैतडीका एक जना, बझांगमा दुई जना, डडेल्धुरामा ३ जना, दार्चुलामा ३ जना, डोटीमा २ जना र अन्य जिल्लाका ३ जना रहेका छन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टी हुनेमा ११ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिका, जोशिपुर गाउपालिका र भजनी नगरपालिकाका १ ÷ १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, भिमदत्त नगरपालिकाका २ ÷२ जना र कुष्णपुर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
उता डोटीको जोरायल गाउपालिका र बझाङको शुर्माका १ ÷१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।