
डोटीमा जिप दुर्घटना हुँदा एक जना वडासचिव सहित ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका ७ की वडासचिव मन्जु त्रिपाठी, त्रिपाठीकै सासु र के आइ सिंह गाउँपालिकाका ४० वर्षका हरि नायारण भट्टको मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए । चालकसहित घाइते भएका ५ जनालाई उपचारको लागि दिपायल पठाइएको जनाइएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46