कोरोना अस्पतालमा मृतकको रिपोर्ट नभएपछि अन्त्येष्टि गर्न सेनाद्वारा अस्वीकार
2020/12/06, 12:06
 
corona

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका एक जनाको अत्येष्टि रोकिएको छ ।   अस्पतालले मृतकको रिपोर्ट उपलब्ध गराउन नसकेपछि नेपाली सेनाले अन्त्येष्ट गर्न नमान्दा रोकिएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मसिंर २० गते साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको थियो । तर विरामीको रिपोर्ट नहुँदा अन्त्येष्टि रोकिएको थियो ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठ भन्छन् ‘विरामी पोजिटिभ भएर उपचारको लागि आउँनुभयो । हामीले रिपोर्ट पर्खिने कि, उपचार गर्ने सवाल हो । मानवीय हिसाबले विना रिपोर्ट भर्ना गर्यौ ।’ प्रयोगशालाबाट विरामीको रिपोर्ट ल्याउने कार्य भैरहेको बताउँदै उनले रिपोर्ट आउने लगत्तै अन्त्येष्टि हुने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

सुगरका विरामी समेत रहेका उनमा कडा खालको निमोनिया देखिएपछि मंसिर १६ गते अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।