कैलालीका ३६ सहित सुदूरपश्चिमका थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १६१ जनाको परीक्षण गर्दा थप ४६ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीको मोहन्याल गाउँपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै जोशीपुर र कैलारी गाउँपालिकाका १/१ जनामा समेत कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका २/२ जना, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा समेत कोराना पुष्टि भएको छ। त्यसैगरी बैतडीको पाटन नगरपालिकाका २ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाकाक १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।