डा. निरज अर्यालद्धारा शव बाहनका लागि ११ हजार रुपैया सहयोग
2020/12/08, 10:16
 
Niraj aryal

ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा सुदूर पश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रका प्रमुख  डा. निरज अर्यालले ११ हजार रुपैया सहयोग गरेका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रका प्रमुख  डाक्टर अर्यालले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर ११ हजार रुपैया  सहयोग गरेका हुन् 

टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै  ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्फूर्त  ढंगले देश विदेशबाट तिब्र रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।

अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया शव बाहनका लागि जम्मा गरेको छ । हालसम्म २१ लाख रुपैया संकलन भईसकेको छ ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले ८ दिनमा प्राप्त सहयोग र प्रतिबद्धताले आफूहरु अत्यन्त उत्साही भएको बताए ।

उनले चिकित्सा सेवा मार्फत जनताको सेवा गर्दै आएका डा.अर्यालले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक सहयोग संकलन अभियानमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।