विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी ९कोभिड–१९० बाट संक्रमित भइ कञ्चनपुर जिल्ला अस्पतालमा उपचार गराइरहेका १५ जना सोमबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ६ सय ४८ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । हालसम्म कोरोनाको संक्रमण प्रमाणित भएका ११ हजार आठ सय १६ जनामध्ये करिब ८१ प्रतिशत कोरोनामुक्त भएको निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।
कैलालीमा हालसम्म पत्ता लागेका चार हजार नौ सय १७ जना संक्रमितमध्ये चार हजार दुई सय ६६ जना निको भएका छन् । यस जिल्लामा कारोना संक्रमणकै कारण २२ जनाको मृत्यु भएको छ । सोमबार नयाँ पत्ता लागेका ३६ जना समेत गरी हाल कैलालीमा ६ सय ३० जना उपचाररत रहेका छन् । अछाममा एक हजार एक सय ३७ जाले कारोनामुक्त भएका छन् । सोमबार देखिएका २२ समेत गरी एक हजार तीन सय ७४ जना संक्रमित रहेको यस जिल्लामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । हाल यस जिल्लामा दुई सय ३५ सक्रिय संक्रमित रहेका छन् ।
डोटीमा पनि एक हजार दुई सय जना कोरोनामुक्त भएका छन् । एक हजार तीन सय ३८ जनामा कोरोना संक्रमति देखिएको यस जिल्लामा एक जनाको ज्यान गएको छ । सोमबार पुष्टि भएका एक जना समेत गरी डोटीमा हाल एक सय ६७ जना संक्रमित छन् ।कञ्चनपुरमा हालसम्म पत्ता लागेका एक हजार तीन सय १२ संक्रमितमध्ये एक हजार एक सय ५३ जना निको भएर घर गएका छन् । कञ्चनपुरमा ६ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ । जिल्लामा सामेबार पत्ता लागेका सात सहित एक सय ५३ जना उपचाररत छन् ।
बझाङमा पनि चार सय ९६ जना कोरोनामुक्त भएका छन् । हालसम्म पुष्टि भएका ८ सय दुई जना संक्रमितमध्ये तीन जनाले ज्यान गमाएका छन् । सोमबार पत्ता लागेका ९ समेत गरी जिल्लामा तीन सय तीन जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा सोमबार पत्ता लागेका दुई समेत गरी कुल पाँच सय ९६ संक्रमितहरुमध्ये चार सय ९४ जना कोरोनामुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण एक जनाले ज्यान गुमाउनु परेको छ । हाल बैतडीमा एक सय एक जना कोरोना संक्रमित छन् ।
डडेल्धुरामा कुल संक्रमित पाँच सय ९१ मध्ये तीन सय ७८ जनाले कोरोनामुक्त भएका छन् । यस जिल्लामा सोमबार पत्ता लागेका ११ समेत गरी दुई सय १० जना संक्रिय संक्रमित रहेका छन् । डडेल्धुरामा तीन जनाले कारोनाकै कारण ज्यान गुमाएका छन् । यस्तै बाजुरामा पत्ता लागेका चार सय ८९ संक्रमितमध्ये चार सय ५२ निको भएर घर गएका छन् । यस जिल्लामा हाल ३५ जना संक्रिय संक्रमित रहेका छन् भने बाजुराले पनि कोरोनाकै कारण दुई जना गुमाउनु परेको छ । हाल बाजुरामा ३५ जनासक्रिय संक्रमित रहेका छन् ।
संक्रमित संख्याको हिसावले हालसम्म सबैभन्दा कम देखिएको दार्चुला जिल्लामा पनि ७३ जना कोरोनामुक्त भएका छन् । जिल्लामा दुई सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने दुई जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ । अन्य जिल्लाका ३३ जना र अन्य देशका दुई जना सक्रिय संक्रमित पनि प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् ।