
बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन।

९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए। आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ।
सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ। परिवारले सहयोगका लागि अपिल गरेका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46