नेपाल चिकित्सक संघको अध्यक्षमा डा. मिश्र
2020/12/08, 5:40
 
Dr.

नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको अध्यक्षमा डा. प्रदीप मिश्र चयन भएका छन् ।

धनगढीमा भएको संघको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघका वरिष्ठ सह–अध्यक्षमा डा. खगेन्द्र भट्ट, सह–अध्यक्षमा डा. जगदीश जोशी, सचिवमा डा. कपिल गौतम, सहसचिवमा डा. शम्भुदत्त जोशी, डा. मेराज आलम अन्सारी, कोषाध्यक्षमा आनन्द पाठक, सहकोषाध्यक्षमा डा. रविन्द्रदेव भट्ट चयन भएका छ । 

यसैगरी, सदस्यहरुमा डा. जगदीश विष्ट, डा. निराजनदत्त शर्मा, डा. दीपक ठकुराठी, डा. विकास खड्का, डा. वीरेन्द्र बुडाल, डा. रोजी शर्मा, डा. अनिश मानन्धर र डा. समीर खान चयन भएका छन् । 

डा. गणेशबहादुर सिंह, डा. प्रमोद जोशी र डा. निरज अर्याललाई सल्लाहकारमा चयन गरेको संघले जानकारी दिएको छ ।