
धनगढीमा मोटरसाईकलको ठक्करबाट ३ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीबाट धनगढी आइरहेको सुपप्र ०२०३००९ प ८३४९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । मंगलबार साँझ साढे ६ बजेको समयमा ठक्कर दिँदा पैदलयात्री धनगढी उपमहानगरालिका वडा नम्बर १४ की ४० वर्षीय खेमादेवि बोहरा, ७५ वर्षीया कलापती भट्ट घाइते भएका हुन् ।

मोटरसाइकमा सवार वडा नम्बर ७ बेली बस्ने २५ वर्षीय भगीराम चौधरी पनि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाईकल र चालक वडा नम्बर ७ बेली बस्ने १९ बर्षीय रविन चौधरीलाई सिमा प्रहरीचौकी बहुलीयाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46