सुदूरपश्चिम प्रदेशका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा ११ महिला र ३१ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनले धनगढी उप–महानगरपालिकाका ४ जना मा संक्रमण देखिएको जानकारी दिए । कैलालीको लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगरपालिकाका २ जना, टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ । त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै बझाङ जिल्ला अस्पतालमा ८ जना, अछामको कमलबजार प्रयोगशालामा ७ र डडेल्धुरा अस्पतालमा २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ७५ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ६३ डिस्चार्ज भएका छन ।