कञ्चनपुर कारागारमा रहेका १० जना कैदीबन्दीमा कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो। परिक्षण गरिएका १५ जना मध्ये १० जनामा संक्रमण पुष्टि भएको कारागार शाखाका प्रमुख माया थापाले बताइन्। संक्रमित भएका सबै पुरुष छन्।
संक्रमण देखिएका सबैलाई कारागारमै अलग्गै ठाउँमा व्यवस्था गरी राखिएको छ। ‘संक्रममितको अवस्था भने समान्य भएको थापाले बताइन्। क्षमताभन्दा बढी कैदी राखिँदा अन्यमा पनि संक्रमण फैलिन सक्ने त्रास बढेको छ। ९० जनाको क्षमता रहेको कारागारमा हाल ३ सय ९५ जनालाई राखिएको छ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2021/07/22, 5:04
2022/04/14, 2:04
2020/05/17, 11:35
2020/09/16, 7:54
2023/06/18, 5:56