हमार फाउण्डेसनका कोषाध्यक्ष बिजय चौधरीद्धारा शव बाहन खरीदका लागि पाँच हजार रुपैया सहयोग
2020/12/09, 11:58
 
Sab bahan kharid

ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा हमार फाउण्डेसन धनगढीका कोषाध्यक्ष बिजय चौधरीले पाँच हजार रुपैया सहयोग गरेका छन् ।

हमार फाउण्डेसनका कोषाध्यक्ष तथा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चौधरीले टीकापुरका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर पाँच हजार रुपैया सहयोग गरेका हुन् ।

टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै  ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वतःस्र्फूत ढंगले देश विदेशबाट सहयोग भएको छ ।

टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियानमा हालसम्म २४ लाख रुपैया जम्मा भईसकेको छ ।

ह्युमानिटी फाउण्डेसनका  संस्थापक सदस्य  दीर्घराज उपाध्यायले शव बाहन खरीदका लागि आर्थिक सहयोग गरेकोमा हमार फाउण्डेसनका कोषाध्यक्ष चौधरीप्रति आभार व्यक्त गरे ।

उपाध्यायले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियान देश विदेशबाट सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोगले डेढ सातामा सफल भएको बताए ।
उनले शव बाहन खरीदका लागि आवश्यक रकमको लक्ष्य नजिक पुगेको बताए ।