धनगढी जेसिजद्धारा शव बाहन खरीदका लागि तीन हजार पाँच सय रुपैया सहयोग
2020/12/09, 12:02
 
Dhangadhi jci

ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा धनगढी जेसिजका तर्फबाट नव निर्बाचित अध्यक्ष कमल पनेरुले तीन हजार पाँच सय रुपैया सहयोग छन् ।

धनगढीका नव निर्बाचित अध्यक्ष पनेरुले टीकापुरका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर जेसिजका तर्फबाट तीन हजार पाँच सय रुपैया सहयोग गरेको बताए ।

टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै  ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वतःस्र्फूत ढंगले देश विदेशबाट सहयोग भएको छ ।

टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियानमा हालसम्म २४ लाख रुपैया जम्मा भईसकेको छ ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियान देश विदेशबाट सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोगले डेढ सातामा सफल भएको बताए ।
उनले शव बाहन खरीदका लागि आवश्यक रकमको लक्ष्य नजिक पुगेको बताए ।

उनले शव बाहन खरीदका लागि आर्थिक सहयोग गरेकोमा धनगढी जेसिजका नव निर्बाचित अध्यक्ष पनेरु र जेसिज परिवार प्रति आभार व्यक्त गरे ।